सुखड, १६ फागुन ।। कैलालीका पत्रकार टिकाराम साउदलाई समाचार प्रसारण गरेको भन्दै दुई घण्टा नियन्त्रणमा तीन जना विरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ । आज सुखडमा पत्रकारहरूको छलफलमा पत्रकार साउदलाई अभद्र व्यवहार गर्ने तीन जनालाई मुद्दा दर्ताको तयारी भएको हो ।
जिल्लाको बर्दगोरियामा रहेको आरएनसी ट्रेडिङ प्रालीका बारेमा समाचार संकलन गरेर फर्किँदा आरएनसी ट्रेडिङसँग सम्बन्धित व्यक्तिहरूले साउदलाई नियन्त्रणमा लिएका लिएका थिए । उनीहरुले केही बेर पत्रकार साउदको मोबाइल पनि कब्जामा लिएका थिए ।
केही घण्टा पनि प्रहरी टोली पुगेर उनलाई छुटाएको थियो । पत्रकार साउँदलाई नियन्त्रणमा लिने भीम ऐर र केशव बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।ऐर र बोहरा र अविनन् बम गरि तीन जना विरुद्ध मुद्दा दर्ताको तयारी भइरहेको पत्रकार महासङ्घ कैलालीका सदस्य कृष्ण प्रसाद ओझाले जानकारी दिए । इलाका प्रहरी कार्यालय सखडमा मुद्दा दर्ताको तयारी भइरहेको छ ।
उक्त घटनालाई पत्रकार महासंघले लगायत विभिन्न पत्रकारका सङ्घ सङ्गठनले पनि भर्त्सना गरेका छन् । पत्रकारलाई नियन्त्रणमा राख्नेहरूलाई कडा कारबाही हुनुपर्ने माग गरिएको छ ।
