Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

पत्रकार दुर्गा भण्डारी कैलाली ३ बाट चुनाव लड्ने

0 170

पहलमानपुर, ३ भदौं ।। मंसिर ४ गते हुने संघिय निर्वाचनमा कैलाली क्षेत्र नं. ३ बाट पत्रकार दुर्गा भण्डारी चुनाव लड्ने भएका छन् । शुक्रवार सामाजिक संजाल फेसबुक मार्फत उनि सो क्षेत्रबाट चुनाव लड्ने घोषणा गरेका हुन् ।

कुनै पार्टी अथवा स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचनमा सहभागि हुने विषयमा स्पष्ट नखुलाएका उनले आफ्नो उम्मेदवारी जनपक्षिय उम्मेदवारका रुपमा रहने भनेका छन् ।

नेकपा (माओवादी केन्द्र) को केन्द्रिय प्रचार तथा प्रकाशन विभाग सदस्य तथा प्रेस सेन्टर नेपालको केन्द्रिय कमिटीमा कार्यरत पत्रकार भंण्डारीले संगठनमा न्यायको अनुभति नभएको भन्दै सो पदबाट श्रावण १४ गते राजीनामा दिएका थिए ।

त्यसपश्चात उनि हाल सम्म उनि स्वतन्त्र रुपमा रहँदै आएका छन् । सुदूरपश्चिमका जेष्ठ पत्रकारको रुपमा रहेका पत्रकार भण्डारी सँग दर्जनौं संचारमाध्यममा कार्य गरेको अनुभव छ ।

zero emission ride n poster 1

पत्रकार भण्डारीले निर्वाचनमा सहभागि हुने घोषणाको पुर्णपाठ हेर्नुहोस्

कमिशनवाद र परिवारवादका बिरुद्ध, जनताको हक र हीतका पक्षमा, ५० वर्षसम्म पनि जग्गा नापनक्शा नगरी जनतालाई सुकुम्वासी-भूमिहीन बनाउने, अब्यवस्थित बसोवासीका समस्या हल गर्न ध्यान नदिने, बाढीपीडिको पुर्नस्थापनाका लागि संसदमा कुनै आवाज नउठाउने, विकासका योजनामा ४०/५० प्रतिशत कमशिन खाएर विकास बिरोधी काम गर्नेहरुका विरुद्ध……

आगामी मंसिर ४ गते हुने संघीय संसदको लागि हुने निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ मा जनपक्षीय उम्मेद्वारका रुपमा मेरो उम्मेद्वारी रहने छ मेरो जस्तै सोच भएका दाजुभाइ दिदीबहिनी तथा साथीभाइहरुमा आ–आफ्नो तह र तप्काबाट सहयोगका लागि हार्दिक अनुरोध छ ।

School
टिप्पणीहरू
Loading...