Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

पत्रकारिता संगै मौरीपालनमा ब्यस्त घनश्याम

0 179

कैलाली, १९ चैत ।। कैलालीको गौरीगंगा नगरपालीका ९ का घनश्याम पौडेल सामुदायीक वनमा राखीएका मौरीको घारमा किला ठोकिरहेका थिए ।

गोदावरी नगरपालीकाको ८ मा पर्ने सुर्योदय सामुदायीक वनमा रुदिलो फुलेको देखेपछी उनले फागुनको १६ गते मौरी त्यतै पुर्याएका थिए । मौरी पालन प्रकृति र पुष्प स्रोतमा भर पर्ने व्यवशाय भएकाले जता प्रकृति अनुकुल फुल फुल्छन् मौरी घार लगेर उतै चरनमा जानुपर्ने हुन्छ घनश्यामले भने । पेशाले पत्रकार समेत रहेका उनले १२ वर्षअघि मौरी पालक किसानका समाचार लेख्दालेख्दै आफुपनि मौरी पाल्न थालेको सुनाए ।

गाँउमै एउटा मौरी सहकारी थियो, मौरी पालनका विषयमा तालीम लगाएतका गतिविधी भईरहन्थे उनले भने “किसानहरुको पनि समाचार लेखीरहने, अरुको समाचार मात्रै लेखेर भएन आफुपनि पालेर हेरौ न त भनेर सुरु गरे नभन्दै व्यशायी नै भईयो ।” मौरी पालन सुरु गर्दा बिस हजारको लगानीमा ५ घारबाट सुरु गरेका उनीसंग अहिले ५८ घार मौरी रहेका छन् । अहिले मौरी र मौरी जन्य सामाग्रीमा करिब १३ लाख लगानी रहेको सुनाउँदै उनले वार्षीक करीब ५ लाख बढीको कारोबार हुने बताए । पत्रकारीता गर्दा साइडमा आम्दानीको अर्को स्रोत भएमा निष्पक्ष पत्रकारीता गर्न सहज हुने उनको बुझाई छ ।

१२ वर्ष अगाडी घरपरिवारलाई जानकारी नै नदीई घरमा मौरी लगेर जाँदा परिवारले स्वीकार नै गरेनन् पौडेलले भने “परम्परागत रुपमा पाल्दा त मौरी कहिल्यै फापेनन् यसरी व्यवाशायीक रुपमा मौरी कसरी पाल्छौ रु भनेर प्रश्न गरे ।” अहिले भने परिवारको साथ र सहयोगले गर्दा नै आफुलाई सहज भईरहेको उनले बताए । अहिले उनको परिवारको मुख्य पेसा र परिचय नै मौरी पालन बनेको छ । अफ सिजनका बेला खासै समय दिनु नपर्ने भएपनी सिजनको समयमा भने मौरीलाई प्रशस्त समय दिनुपर्ने उनले बताए । मह उत्पादनको मुख्य सिजन भनेको कार्तिकदेखी जेठ सम्म हो । सुरुवातमा यसबारे कुनै अनुभव नहुँदा निकै समस्या भएको पौडेलले सुनाए ।

अरुले गरेको देख्दा सजीलो लाग्थ्यो आफुलाई मौरी पालन सुरु गर्दाको बर्ष ५ घारको मह निकाल्न २ दिनलाग्यो उनले भने । अहिले उनी मौरीका विषयमा पुर्ण जानकार छन् । आषुतोष मौरी पालन फर्म संचालन गर्दै आएका पौडेलले मौरीका घार संगै मौरीजन्य सामग्रीहरुपनी बिक्री गर्दै आएका छन् । असार,सावन र भदौ बाहेकका नौ महिना मौरीलाई घुमाइरहन्छन् उनी । घार घुमाउँदा घुमाउँदै मौरी र वनजंगलका बोटविरुवासंग समेत परिचित भईसकेका छन् उनी । कौलालीका जंगलमा अहिलेको सिजनमा सिसम,रुदीलो, असारे÷कडीपत्ता लगाएतका वनस्पतीहरुमा फुल लागेको हुन्छ । जुन समयमा वनस्पतिहरुमा फुल फुल्छ सोहि अनुसार मौरीको काममा सक्रियता त्यहि समयमा देख्न सकिन्छ ।

मौरी निकै मिहेनती , अनुशाशीत र कर्तव्यनिष्ठ हुन्छ भन्ने बुझेका उनलाई मानिस पनी मौरी जस्तै बनिदिए हुन्थ्यो भन्ने लाग्छ । कैलालीमा ५० हजार मौरी पाल्न सकिने वनजंगल स्रोत हुँदापनी अहिले व्यवशायीक रुपमा मौरी पालन गर्नेको संख्या कम रहेको छ । मह उत्पादन गर्न सकिएमा बजारको भने समस्या नरहेको उनले बताए । पौडेलले अहिले कैलाली,कञ्चनपुर लगाएत काठमाडौं,पोखरा,पर्वत,काभ्रे सम्म मह पठाँउदै आएका छन् । सिजन र स्रोत अनुसार महको मुल्य फरकफरक हुने गरेको उनले बताए । पछील्लो समयमा गाँउगाँउमा नक्कली मह बिक्री गर्नेहरुले आफुहरुको बजार समेत प्रभावित गरेको पौडेलले गुनासो गरे । त्यसरी बिक्री हुँदै आएको मह स्वास्थ्यका लागी समेत हानीकारक रहेको उनको भनाई छ ।

गाँउगाँउ पुगेर सस्तोमा चिनीपानी, गुल्कोज, गुण÷भेली, फिट्कीरी, अदुवाको रस सहित मरेका मौरी र मौरी चाका राखेर अखाध्य घोल बनाएर मिसावट गरि मह भन्दै बिक्री गर्छन उनले भने त्यसका कारण अहिले ग्राहकले हामी स्वस्थ मह उत्पादन गर्दै आएका वास्तविक किसानलाई समेत शंका गर्ने गरेका छन् । मौरी पालक किसानलाई सरकारी तर्फबाट प्रशस्त सहयोग र प्रोत्साहन अपेक्षाकृत नरहेको उनले गुनासो गरे । प्रकृतिमा निर्भर रहने र खाद्य्य उत्पादनमा महत्वपुर्ण योग्दान गर्ने व्यावसाय भएकाले बिषाधीको अनियन्त्रित प्रयोगले मौरी पालन जोखीमपुर्ण पेशा भएकाले सरकारी क्षेत्रबाट प्रोत्साहन सहयोग हुनुपर्ने उनको भनाई छ ।

School
टिप्पणीहरू
Loading...