Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

पत्रकारिता सँगै कलाकारितामा जम्दै यज्ञराज

0 269

टीआर कठरिया, पहलमानपुर २२ चैत ।। ‘को नै छ र मेरो यहाँ मनको कुरा बुझिदिने, को नै छ र मेरो यहाँ आँसु खस्दा पुँछि दिने’ बोलको आधुनिक गीत गत चैत १६ गते सार्वजनिक भयो । गायक विशाल निरौलाको स्वर र अर्जुन केसीकाे शब्द रहेको सो गीतको म्युजिक भिडियोमा पहिलो पटक प्रमुख भुमिकामा देखिए कैलालीको भजनीका यज्ञराज जैशी ।

पेशले पत्रकारिता गरिरहेका २४ बर्षिय जैशी भजनी जाल्पा मिडिया प्रा.ली. का प्रवन्ध निर्देशक हुन् । लामो समय देखि मोफसलमा बसेर पत्रकारिता गर्दै आएका उनि भजनी क्षेत्रको विभिन्न खाले आम जनचासोको बिषयमा निरन्तर कलम चलाईरहेको एक परिचित नाम हुन् । पछिल्लो समय उनि पत्रकारिता सँगै कलाकारितालाई समेत सँग सँगै अगाडि बढाईरहेका छन् ।

‘मेरो सानै देखिको कलाकार बन्ने रहर थियो, सोहि अनुरुप भर्खरै अभिनयको थालनी गरेको छु, यज्ञराज जैशी बताउँछन् । मैले अझै धेरै कुरा सिक्न बाँकी छ, त्यसैले दर्शक, स्रोता ज्युहरुले केहि कमि कमजोरी भए सुझाउन अनुरोध गर्न चाहन्छु, उनले भने । ’ साथै अब देखि निरन्तर कलाकारितामा रहि राख्ने उनको तर्क छ ।

पत्रकार जैशी गित लेखन, गायन देखि अभिनय सम्म आफै गर्छन् । उनको हाल सम्म ‘बिग्रेकी केटि, जेठो ज्वाइँ, ढुकुर करायो, नक्कली मोरी’ जस्ता अडियो गित बजारमा छन् । ‘को नै छ र मेरो’ भन्ने बोलको गित भने उनि अभिनित पहिलो म्युजिक भिडियो हो ।

हालै उनले आफ्नो पहिलो म्युजिक भिडियो बजारमा ल्याईए सँगै दोस्रो भिडियोको तयारीमा समेत जुटेका छन् । नवबर्ष २०८० लाई लक्षित गरि तयारी थालिएको ‘अछामी पाराले’ बोलको डिजे गितको छायाँकन पुरा भएको छ । सो गितमा पत्रकार जैशी र मोडल प्रतिज्ञा चौधरीको मुख्य अभिनय रहेको छ । सज्जन धामीको स्वरमा रहेको सो गित युवा पिढिलाई लक्षित गरि बनाईएको छ ।

g utsav 2080
School
टिप्पणीहरू
Loading...