Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

नेपाल तरुण दलको आयोजनामा हसुलियामा रक्तदान कार्यक्रम

0 61

कैलाली, १७ जेठ ।। रक्तदान जिवन दान भन्ने मुल नाराका साथ कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नं. १ स्थित हसुलियामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल तरुण दल कैलारी गाउँपालिका कार्यसमितिको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । उक्त रक्तदान कार्यक्रममा कैलारी गाउँपालिकाका विभिन्न वडाका गरि ५४ जना युवाहरुले रक्तदान गरेका थिए ।

जसमध्ये ४ जना महिला र ५० जना पुरुषहरु सहभागी भएको आयोजक नेपाल तरुण दल कैलारी अध्यक्ष श्रीराम चौधरीले बताए । उनले भने रक्तदान गर्नु आफैमा पुन्य काम हो त्यसैले एक थोपा रगत दिएर कसैको ज्यान जोगिन्छ भने सो पुन्य काममा सहभागि हुनु नै मानवता हो ।

Jay Bajrang
School
टिप्पणीहरू
Loading...