कठरिया सन्देश

१९ फाल्गुन २०८०, शनिबार

  • gold Teach Computer
    gold Teach Computer
  • नेपाली र हिन्दीमा एकैसाथ प्रदर्शनमा आउन लागेकाे ‘प्रेम गीत ३’ को टोली धनगढीमा

    नेपाली र हिन्दीमा एकैसाथ प्रदर्शनमा आउन लागेकाे ‘प्रेम गीत ३’ को टोली धनगढीमा
    Spread the love

    कैलाली, ३० भदाैं ।। नेपाली र हिन्दी भाषामा एकैसाथ प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘प्रेम गीत–३’ को टोली बिहीबार धनगढी पुगेको छ ।

    आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको प्रदर्शनी मिति नजिकिएसँगै प्रचार–प्रसारका लागि टोली कैलालीको धनगढीमा पुगेको हो । असोज ७ गतेदेखि प्रदर्शनमा आउन लागेको सो चलचित्रका टोलीले भारतका विभिन्न स्थानमा प्रचार–प्रसार गरेको छ । टोलीले धनगढीस्थित सुदूरपश्चिमाञ्चल कलेजमा चलचित्रको प्रवर्द्धनका लागि कार्यक्रम आयोजना गरेको थियो ।

    सर्वाधिक चर्चामा रहेको चलचित्रका टोलीले धनगढीस्थित एसटिएस सिनेमा हलमा फिल्मको झलक प्रदर्शनसँगै पत्रकार भेटघाट गरेको छ । चलचित्र ‘प्रेम गीत ३’ले भारतमा प्रदर्शनका लागि तयारी थालेको हो । सो चलचित्र भारतका विभिन्न ठाउँमा एकसाथ प्रदर्शन हुन लागेको निर्माता निर्देशक सन्तोष सेनले बताए ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD