कठरिया सन्देश

२० फाल्गुन २०८०, आईतवार

  • gold Teach Computer
    gold Teach Computer
  • नेपाली महिला टोली आज बंगलादेश जाँदै

    नेपाली महिला टोली आज बंगलादेश जाँदै
    Spread the love

    काठमाडौँ, २१ मंसिर । साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपमा सहभागि हुन नेपाली टोली आज  बंगलादेश प्रस्थान गर्दैछन् ।  नेपाली टोली पौने २ बजे ढाका प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

    एन्फाले सोमबार नै ढाका जाने महिला टोलीलाई बिदाइ गरेको थियो। च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले २३ सदस्यीय टिमको घोषणा गरिसकेका छन्। नेपालले यस संस्करणको उपाधि जित्ने लक्ष्य लिएको छ। अघिल्लो पटक नेपाल उपविजेता बनेको थियो।

    च्याम्पियनसिप डिसेम्बर ११ देखि २२ तारिखसम्म ढाकामा आयोजना हुनेछ । प्रतियोगितामा पाँच टिमले सहभागिता जनाउनेछन् । आयोजक बंगालदेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। नेपालले आफ्नो पहिलो खेल आयोजक बंगालदेशविरुद्ध डिसेम्बर ११ खेल्नेछ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD