Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

नेपालमा गत वर्ष २१ करोड २८ लाख बढिकाे कण्डम आयात

0 15

काठमाडौं, ९ श्रावण ।। गत आर्थिक वर्ष २०७९/०८० मा नेपालमा तीन करोड ६५ लाख ९९ हजार २९० थान कन्डम आयात भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कन्डमको आयात झन्डै डेढ करोड थानले घटेको छ ।

गत वर्ष २१ करोड २८ लाख ४४ हजार रुपैयाँ बराबरको कन्डम नेपाल भित्रिएको हो । यसबाट सरकारले करिब सात हजार रुपैयाँ राजस्व उठाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा १६ करोड ३० लाख १६ हजार रुपैयाँ बराबरको पाँच करोड ५ करोड २८ लाख ३७ हजार ८ सय ७८ वटा कन्डम नेपाल भित्रिएको थियो । यसबाट सरकारले सात हजार रुपैयाँ राजस्व उठाएको थियो ।

यस्तै, पछिल्लो एक वर्षमा ३८ करोड ५९ लाख रुपैयाँ बराबरको ६८ हजार ४२५ किलो हर्मोन र शुक्राणुलगायतमा आधारित रासायनिक गर्भनिरोधक सम्बन्धीको वस्तु नेपाल भित्रिएको छ । यसमा भने वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा २८ करोड ७१ लाख रुपैयाँ बराबरको ६५ हजार ७१ किलोग्राम हर्मोन र शुक्राणु लगायतमा आधारित रासायनिक गर्भनिरोधक सम्बन्धीको वस्तु नेपाल भित्रिएको थियो ।

School
टिप्पणीहरू
Loading...