Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा नजाने, मन्त्रालयकाे भागबण्डा नमिलेकाे तर्क

0 78

पहलमानपुर, ९ श्रावण ।। नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुनबाट फेरि पछि हटेकाे छ । मन्त्रालयकाे भागबण्डा नमिलेकाे कारण देखाउँदै साे पार्टी सुदूरपश्चिम सरकारमा जानबाट पछि हटेकाे हाे ।

नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चाैधरीले मंगलवार एक विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम सरकारमा सहभागी हुन नसकिने बताएकी हुन् । विज्ञप्तिमा केन्द्रीय कमिटीकाे निर्णय र सहमति अनुसार सुदूरपश्चिम सरकारमा सहभागी हुन आफुहरुले माग गरेकाे मन्त्रालय नपाएकाे र मन्त्रालयकाे भागबण्डा समेत मिलेकाले सहभागी हुन नसकिने बताईएकाे छ ।

यस्तै सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीलाई सहभागि गराउने बिषयमा साेमवार मात्रै नागरिक उन्मुक्ति पार्टीका नेताहरु र प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच छलफल भएको थियाे ।

उक्त छलफलमा नागरिक उन्मुक्ति पार्टीलाई दुई ओटा मन्त्रालय दिने सहमति भएकाे थियाे । जसअनुसार
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीको नाम टुंगो लगाईएकाे थियाे ।

तर मंगलबार (आज) साे पार्टीले मन्त्रालयकाे भागबण्डा नमिलेकाे भन्दै सरकारमा सहभागी हुन नसकिने भनेपछि पुन: सुदूरपश्चिम सरकार विस्तारमा सकस थपिएकाे हाे ।

FB IMG 1690283515449
School
टिप्पणीहरू
Loading...