कैलाली, २४ चैत ।। नागरिक उन्मुक्ति पार्टीबाट दाङ क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य निर्वाचन लडेका नेता सुरेन्द्र चौधरीले सो पार्टीबाट अलग भएको घोषणा गरेका छन्।
पार्टीको राजनीतिक संवाद् समितिका संयोजकको जिम्मेवारीमा रहेका सुरेन्द्र चौधरीले सो पार्टी छाडेको घोषणा गरेका हुन्। पार्टीको बिहीबारदेखि सुरु भएको दुई दिने केन्द्रीय समितिको बैठक तमु बौद्ध सेवा समितिको हलबाटै शुक्रबार आफूले पार्टी परित्याग गरेको घोषणा गरे।’ आजबाट नागरिक पार्टीबाट औपचारिक रुपमा अलग भएको घोषणा गर्दछु’,उनले भने, ‘एउटा राजनीतिक झुण्ड र फटाहाहरुको संगतबाट आजदेखि उन्मुक्त भएको छु।’
टीकापुर घटनामा पीडित बनेकाहरुलाई न्याय दिनुको साटो उल्टो परिवारवाद लाद्न खोजेको भन्दै उनले पार्टीबाट अलगत भएको बताए। उनले भने,‘दाङबाट जुन हिसावले चुनाव लडे, म त्यहाँका मतदातालाई सम्मान गर्न चाहन्छु। हामी नयाँ ढंगले अघि बढ्छौँ।’ नयाँ पार्टी खोल्ने उनको तयारी छ।

