Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

नव गायक भट्टराईको माया जाल बोलको देउडा गीत बजारमा

0 214

टिआर कठरिया, २५ फागुन ।। नव युवा गायक नरेश राज भट्टराईको काछै मेरी माया जाल बोलको नयाँ देउडा गित बुधबार सार्वजनिक भएको छ । नरेश बि.क. (आँशु) को शब्द, संगित तथा गायक नरेश राज भट्टराई र माया तिरुवाको स्वर रहेको सो गित गायक भट्टराईको आफ्नै अफिसियल युट्युव च्यानलबाट सार्बजनिक भएको हो ।

भुमिका डिजिटल रेकर्डिङ्ग स्टुडियो अत्तरियामा रेकर्डिङ्ग गरिएको देउडा गीतमा सुदुरको पहिचान झल्काउँनुका साथै माया प्रितीका कुरा गर्न खोजिएको छ । चाँडै भिडियो छायाँकन हुने बताईएको गितको अडियो निर्माणका लागि पदम ओड र युनिक भट्टराईले बिशेष सहयोग गरेका छन् ।

कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ११ भलौवा घर भएका युवा गायक भट्टराईले यस अघि १६ बर्षे जवानी बोलको लोकपप गीतबाट आफ्नो सांगितिक यात्राको सुरुवात गरिसकेका छन् । उक्त गितमा प्रेम खाती र उनको आफ्नै शब्द संगित रहेको छ । गित सर्बत्र बजारमा अडियो भिडियो उपलब्ध छ ।

बाल्यकाल देखि नै गित संगितमा रुचि राख्ने गायक भट्टराईले दर्शक, स्रोताहरुको साथ मिले क्रमश अन्य कोसेली लिएर उपस्थित हुने कठरिया सन्देश सँग प्रतिकृया दिएका छन् । उनि भन्छन् सिक्ने क्रममा छु, केहि गल्ती भए सहर्ष स्विकार्दै निरन्तर अगाडि बढ्ने छु ।

School
टिप्पणीहरू
Loading...