धुसरमा दिपावलीको अवसरमा साँस्कृतिक कार्यक्रम हुने
पहलमानपुर, १५ कार्तिक ।। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका ३ धुसरमा नेपालीहरुको महान पर्व शुभदिपावलीको अवसरमा साँस्कृतिक कार्यक्रम हुने भएको छ । यहि कार्तिक २० गते ‘हमार भाषा, कला, संस्कृति हमार शान, थारु रिती, संस्कृति बचैना हमार अभियान’ भन्ने मुल नाराका साथ गोचाली युवा क्लवको आयोजनामा कार्यक्रम हुन लागेको हो ।
विभिन्न साँस्कृतिक प्रस्तुतीहरुका साथै स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने कार्यक्रममा चर्चित थारु लोकगायक मनिराम चौधरी, गायिका समिक्षा चौधरी, सोनु कुश्मी, मोडलहरु शुसिला कार्की, रितु चौधरी, करिना चौधरी लगायतको प्रस्तुती रह्ने कार्यक्रम संचालक रोहित चौधरीले बताए । यस्तै कार्यक्रममा गायक गणेश चौधरी, जिवन चौधरी, के थारु, बसन्त महतो लगायतको प्रस्तुती रह्ने आयोजकले जनाएको छ ।