Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

धरानका मेयर साम्पाङ र काठमाडौंका मेयर शाहबीच भेटवार्ता

0 34

काठमाडौं, २१ चैत। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ। 

मंगलबार धरान उपमहानगरका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरका मेयर बालेन शाहबीच दिउँसो राष्ट्रिय सभामा भेटवार्ता भएको बालेनका सचिवालयका प्रेस सल्लाहकार सुरेन्द्र बजागाईंले जानकारी दिए। 

उनका अनुसार उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको हो।

‘उहाँहरूले आ-आफ्नो ठाउँमा के/कस्ता कामहरू भइरहेका छन्, सोही विषयमा केन्द्रित भई कुराकानी भएको हो,’ उनले भने।

भेटमा मेयर हर्कले धरानमा पानी ल्याउने काम कसरी भइरहेको छ भनेर आफ्ना अनुभव साटेको थिए।

उनीहरूले एकअर्कालाई ‘सिलाम साक्मा’ लगाइदिएका थिए। सिलाम साक्मालाई जीवन सुरक्षा कवजको रूपमा लिइने गरिन्छ।

School
टिप्पणीहरू
Loading...