धन बहादुर बिकको ‘डिजे मेरो गीत बजाई दे’ म्युजिक भिडियो सार्वजनिक
कैलाली, १४ कार्तिक ।। गायक धन बहादुर विकको ‘डिजे मेरो गीत बजाई दे’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । धन बहादुर विकको स्वर रहेको डिजे गीतमा दिल रोकायाको शब्द र संगीत रहेको छ । भिडियोमा अभिनय मुकुन्द जी सी र मिनु महतको अभिनय रहेको छ ।
उक्त डिजे गीतमा केशव बडुको एरेन्ज रहेको छ । रमेश बिजुली विसीले निर्देशन गरेको भिडियोलाई अनमोल अनलाईन टेलिभिजनले निर्माणको हो भने सम्पादन पी आर जोशीले गरेका छन् । ‘डिजे मेरो गीत बजाई दे’ गितको म्युजिक भिडियो आईतबार ओ एस आर डिजिटलको युट्युब च्यानलमार्फत बजारमा सार्वजनिक गरिएको छ ।