कठरिया सन्देश

२० फाल्गुन २०८०, आईतवार

  • gold Teach Computer
    gold Teach Computer
  • धनगढीमा सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु

    धनगढीमा सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु
    Spread the love

    कैलाली, ८ असोज । कैलालीको धनगढीमा आजदेखि सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ । पिएफए स्पोर्टस क्लब अत्तरियाको आयोजनामा सात वटा प्रदेशको सहभागीता रहेको फुटबल प्रतियोगिता सुरु भएको हो ।

    प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक योजना मन्त्री प्रकाश रावलले उद्घाटन गरे । धनगढी स्थित रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशको रातो टिम र कर्णाली प्रदेशले प्रतिस्पर्धा गरेका छन् । 

    ढिलो गरी उद्घाटन खेल भएपछि खेल रोकिएको छ । रात परेपछि स्थगित गरिएको खेल भोली खेलाईने भएको छ । बाँकी रहेको १७ मिनेटको खेल भोली खेलाईने आयोजकले जनाएको छ । खेल रोकिनु अघि दुबै टोलीले गोलरहित बराबरी खेलका छन् । भोली नै हुने अर्को खेलमा मधेश प्रदेश र लुम्बिनी प्रदेश पनि प्रतिस्पर्धा गर्नेछन् । 

    प्रतियोगिता असोज १५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद ५ लाख, सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन भने उप विजेताले नगद ३ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगीतामा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही १० हजार नगद पाउँदा उत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD