Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

धनगढीमा साथीलाई कारागारमा भेट्न गएका युवक लागुऔषधसहित पक्राउ

0 18

धनगढी, २८ मंसिर । प्रहरीले जिल्ला कारागार कैलालीबाट एक युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–४ उत्तरवेहडी बस्ने २४ वर्षीय उत्तम सिंहलाई १ सय ८० मिलिग्राम अवैध लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको हो।

जिल्ला कारागार कैलालीमा रहेको लागुऔषध मुद्दाका बन्दीलाई भेट्न ग्एको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कारागार गेटमा प्रहरीले जाँच गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए।

टिप्पणीहरू
Loading...