Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

धनगढीमा मोवाइल चोर्ने प्रहरी निलम्बित

0 53

धनगढी, ८ माघ । कैलालीको धनगढीमा रहेको ग्लोबल मोवाइल ग्यालरीमा चोरी गरेको आरोप लागेका दुई जना प्रहरी निलम्बनमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतसिंह बुडाल निलम्बनमा परेको कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए । 

उनीहरूविरुद्ध चोरीको मुद्दा दर्ता भएर पाँच दिनको म्याद थप गरिएको उनले बताए । मुद्दाको अन्तिम फैसला नहुँदा सम्मको लागि निलम्बन गरिएको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।

मोवाइल ग्यालरीमा लागुऔषधको कारोबार भइरहेको सूचना पाएपछि पुगेको प्रहरी टोली मध्येका एक प्रहरीले मोबाइल चोरी गरेको भिडियो सार्वजनिक भएको थियो ।

चोरी गरिरहेको भिडियोसहित नै निवेदन आएपछि उनीहरूलाई हिरातसमा राखेर अनुसन्धान अगाडि बढाएको थियो । 

School
टिप्पणीहरू
Loading...