Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

धनगढीमा एमाले कार्यकर्ता र प्रहरी झडप, प्रहरी निरीक्षक घाइते

0 200

धनगढी, १९ माघ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा भइरहेको प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि एमाले निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गर्दा प्रहरीसग झडप भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन र राके जुलुस निकाल्न खोज्दा प्रहरीले अवरोध गरेपछि झडप भएको अनेरास्ववियू कैलालीले जनाएको छ । झडपमा परी वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक गौरीप्रसाद जैशी घाईते भएका छन । उनको सेति प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अनेरास्ववियूका जिल्ला अध्यक्ष किशोर शाहले प्रहरीले शान्तिपूर्ण आन्दोलनमा लाठी चार्ज गरेको बताए । यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले सामान्य धरपकड मात्रै भएको बताए ।

अनेरास्ववियू र राष्ट्रिय युवा संघले तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका हुन् । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले जनाएको छन् ।

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको जनाएको छ । योसँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ ।

टिप्पणीहरू
Loading...