कैलाली, २७ जेठ ।। कैलालीको धनगढी उप–महानगरपालिका–१ शिवनगरमा रहेको चैतन्य पाठशालाबाट एक बालक हराएका छन् ।
बैतडीको सुरनैया गाउँपालिका ५ रैलेश्वरी घर भई धनगढीको शिवनगर आफ्नो काकासंग बस्दै आएका १५ बर्षिय अमृत विष्ट हराएका हुन् ।
उनी चैतन्य पाठशालाबाटमा कक्षा ९ मा अध्यायनरत थिए । यही जेठ २४ गते विद्यालयबाट घर फर्कन क्रममा सम्पर्क विहीन भएको उनका आफन्तले बताएका छन् । ५ दिन विति सक्दा पनी भतिजा घरमा नआएको उनका काका भीम बहादुर विष्टले बताए ।
आजसम्म सम्पूर्ण आफन्त र सम्भावित ठाउँमा खबर गर्दा पनी कही नभेटीएको उनको भनाई छ । प्रहरीमा समेत खबर गरी सकेको भएता पनी कुनै पत्ता लाग्न नसकेको उनकाले बताए ।
विगत २ वर्ष पहिलादेखि धनगढीको शिवनगरमा बसेर चैतन्य पाठशालामा अध्यान गर्दै आएका थिए । उनका बुवा जयवहादुर विष्ट र आमा कलावती विष्ट बैतडी बस्छन् । विद्यालय छुट्टी भए पछी घर गएको बताएको उनको भनाई छ ।
