Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

धनगढीका सडकमा स्मार्ट लाईटको झिलिमिली

0 50

धनगढी १० फागुन/ धनगढीमा पहिलो चरणको सडक बत्ती (स्मार्ट लाईट) जडानको काम पुरा भएर सडक झिलिमिली भएको छ । धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी उपमहानगर क्षेत्रको सडकमा बुधबार रातिबाट झिलिमिली भएको छ ।

नेपाल विद्युत प्राधिकरणको ४० तथा धनगढी उपमहानगरपालिकाको ६० प्रतिशत लगानीमा पहिलो चरण अन्तर्गतको बत्ती जडानको काम पुरा भएको हो ।धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र पहिलो चरणमा धनगढी चौराहदेखि मोहनपुर एयरपोर्ट गेट सम्म बढी प्रकाश दिनसक्ने आधुनिक बत्ती हाइमास्ट लाइट जडानको काम पुरा भएको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले जानकारी दिएका छन् ।

gg mahotsav

‘विद्युत प्राधिकरणको लागत साझेदारीमा पहिलो चरणको बत्ती जडानको काम पुरा भएपछि सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले बत्ती बालेर उद्घाटन गरेका छन् ।

धनगढी अत्तरिया ६ लेन सडक अन्तर्गत बत्ती जडानका तीनवटा योजनामध्ये पहिलो चरणको योजना सम्पन्न भइसकेको छ । उपमहानगरपालिकाले धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रभित्रको करीब १४ किलोमिटर सडक क्षेत्रमा आधुनिक सडक बत्ती जडानको काम अघि बढाएको थियो ।

सडकमा करीब ४३२ आधुनिक बत्ती जडान गर्न धनगढी उपमहानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहेको मेयर हमालले बताए । धनगढी चौराहदेखि मोहनपुरसम्म आधुनिक सडक बत्ती जडानको काम पूरा भएको छ । बत्ती जडानका लागि दुई करोड ६८ लाख ६८ हजारमा ठेक्का सम्झौता भएको थियो ।

उपमहानगरभित्रको क्षेत्रमा रातिको समयमा हुने दुर्घटना न्यूनीकरण गर्न हरेक २८ मिटरको दुरीमा स्मार्ट सडक बत्ती जडानको काम पुरा भएको छ । २१६ पोलमा ४३२ वटा लाइट जडान गरिएको हो । स्मार्ट सडक बत्ती रात पर्दै गएपछि आफैँ बल्दै जाने र उज्यालो भएपछि आफैँ निभ्ने ‘सेन्सर’ जडान गरिएको छ ।

आधुनिक र उच्च प्रविधियुक्त बत्ती भएकाले विग्रने, नबल्ने यस्तो कुनै समस्या नहुने सूर्योदय ऊर्जा प्रालिका इन्जिनीयर रविन महतोले बताए । नेपाल विद्युत् प्राधिकरण ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको साझेदारीमा धनगढी उपमहानगरपालिकाले स्मार्ट सडक बत्ती जडान गरेको हो ।

पहिलो र दोस्रो चरणमा उपमहानगरको एकल लगानीमा बत्ती जडान गरिनेछ । दोस्रो चरणमा धनगढी उपमहानगरपालिकाले १० वटा हाइमास्ट लाइट जडान गर्नेछ भने तेस्रो चरणमा उपमहानगरकै लगानीमा भन्सारदेखि धनगढी चौराह हुँदै मोहनपुरको बाँकी क्षेत्रमा बत्ती जडान हुने मेयर हमालले जानकारी गराए ।

School
टिप्पणीहरू
Loading...