कैलाली, २० असार ।। कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर र उपमेयर बिच चकाचर्की भएको छ । सोमबार धनगढी उपमहानगरपालिकाको नगर सभा बैठकमा उपमेयर कन्दकला रानाले मेयरमाथी बिभिन्न आरोप लगाउँदै आफूलाई अपमानीत गरेको बताएपछि बिवाद सुरु भएको थियो । महानगरको फेसबुक पेजबाट लाईभ गरिएको उक्त भिडियोमा होहल्ला भएपछि लाईभ समेत काटिएको थियो ।
नगरसभामा उपमेयर रानाले सम्बोधन गर्दै मेयर गोपाल हमालले नीति नियम मिचेर काम गरिरहेको आरोप लगाइन् । उनले बजेट बनाउँदा पनि मेयर र हामीमले छुटै बसेर आफूलाई जानकारी नदिई बनाइएको बताईन् ।
‘नेपालको कानुनले दिएका अधिकारबाट पनि आफूलाई बन्चित गरिएको छ । यसले मलाई दुःखी बनाएको छ । मैले यसै सभाबाट न्याय माग्न चाहन्छु’ उनले भनीन् ‘मेयर सापले मलाई कार्यक्रममा पनि सहभागि गराउनु भएको छैन । यो हेपाहा प्रवृति हो ।’

उनले आफू पनि जनताबाट निर्वाचित भएर आएकाले आफ्नो पनि अधिकार प्रयोग गर्न दिनुपर्ने बताईन् ।
‘यो कुनै कम्पनी उद्योग होइन । यो धनगढी उपमहानगरपालिका हो भने योजना तजुर्मा समितिको संयोजक संग छलफल गरेर अगाडी बढ्नु पर्छ’ उनले भनीन् ‘हाकीम सापले पनि वास्ता गर्नू भएको छैन ।’ उनले मिलेर जाउँ भन्दा पनि बेवास्ता गरेको बताईन् । उनले धनगढीमा मेयरको एकलैटी भएको बताईन ।
उपमेयर रानाले आफ्नो कार्यालयमा सचिव पनि नदिएको बताईन । ‘मैले हारगुहार गर्दा पनि कर्मचारी पाएन । कर्मचारीले पनि उपमेयरलाई हेपेका छन’ उनले भनीन ‘धनगढी उपमहानरपालिका कसैको प्राइभेट सस्था होइन ।’
नगरसभामा बोल्दै नगर प्रमुख हमालले भने बजेट बनाउँदा उममेयरलाई सहभागी गराइएको बताए । उनले हाकीम र आफूले मिलेर बजेट बनाएको भन्ने आरोप गलत भएको बताए ।
‘वहाले आरोप लगाउनु भन्दा पहिले सम्बिधान वहाले पढ्नुपर्यो । मैले होइन’ उनले भने ‘मैले हरेक कामको रिपोर्टिङ उपमेयरका कोठामा जाने की ?’ उनले आफू स्वतन्त्र भएपनि जनताको मत ल्याएर आएको बताए । उनले आफूले सबै काम पारदर्शी भएर गरेकाले आरोपमा तुक नभएको बताए ।

