कैलाली, ८ श्रावण ।। सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीलाई सहभागि गराउने बिषयमा छलफल भएको छ । सोमबार (आज) नागरिक उन्मुक्ति पार्टीका नेतहरु र प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच छलफल भएको हो ।
उक्त छलफलमा नागरिक उन्मुक्तिको तर्फबाट संसदीय दलका नेता घनश्याम चौधरी, रामेश्वर चौधरी र कैलाश चौधरी, पार्टी केन्द्रीय उपाध्यक्ष सुनिता चौधरी लगायतका नेताहरुको सहभागिता थियो ।
नागरिक उन्मुक्तिले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीको नाम टुंगो लगाएको बताइएको छ । उनीहरुलाई कतिबेला मन्त्री नियुक्त गर्ने र शपथ ग्रहण गराउने भन्ने विषयमा अहिले छलफल भइरहेको हो ।
