Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

दाइजोमा मोटरसाइकल नदिएको भन्दै विवाद गर्ने बेहुला पक्राउ

0 68

झापा,२४ वैशाख । झापाको मेचीनगरमा विवाहमा दाइजोको विषयमा विवाद गर्ने बेहुलालाई प्रहरीले पक्राउ गरेको छ ।

मेचीनगर  नगरपालिका ४ बस्ने २८ वर्षीय डेबिट चौधरी शनिबार पक्राउ परेका हुन् । मेचीनगर  १५ बस्ने पुष्पलाल राजवंशीको छोरीसँग विवाह गर्ने क्रममा डेबिटले दाइजोमा मोटरसाइकल  नदिएको भनी विवाद गरेका थिए ।

278785988 4746965978746743 3274268184659497712 n

त्यसलगत्तै  पुष्पलालले डेबिटलाई विपक्षी बनाई विवाहमा लेनदेन गर्न नहुने सम्बन्धी कसुरमा प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चौधरीलाई इलाका प्रहरी कार्यालय धुलावारीमा राखी थप अनुसन्धान भैरहेको प्रहरीले जनाए ।

School
टिप्पणीहरू
Loading...