Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

दशैंको आठौं दिन : दुर्गा भवानीको पूजा, थारु समुदायको ढिक्रहुवा

0 56

कैलाली, १७ असोज ।। आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँछन् ।

बडादशैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख छ।

kailari wada 8

आजको दिन शास्त्रसम्मत रूपमा दशैंघर, कोत लगायत विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ। दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ। तर थारु समुदायमा भने आफ्नो देवतालाई ढिक्री पुज्ने चलन छ ।

आजको दिनलाई थारु समुदायमा ढिक्रहुवा भन्छन् । पुजा गर्ने पुजेरुले दिनभरी ब्रत बस्छन् र साझा विभिन्न आकारको ढिक्री देवतालाई चढाएर पुजा गर्ने चलन छ । थारु समुदायमा भने पशु बलि दिईन्दैन ।

20221001 143927
School
टिप्पणीहरू
Loading...