कठरिया सन्देश

१९ फाल्गुन २०८०, शनिबार

  • gold Teach Computer
    gold Teach Computer
  • थारू समुदायबाट सुदूरपश्चिम प्रदेशमा तीन सय ७५ जनप्रतिनिधि निर्वाचित

    थारू समुदायबाट सुदूरपश्चिम प्रदेशमा तीन सय ७५ जनप्रतिनिधि निर्वाचित
    Spread the love

    कैलाली, १२ जेठ ।। बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा सुदूरपश्चिम प्रदेशका थारू समुदायबाट तीन सय ७५ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । नौ जिल्ला रहेको सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा मात्रै थारू समुदायको बाहुल्य रहेको छ ।

    निर्वाचन आयोगका अनुसार दुई जिल्लाबाट प्रमुख वा अध्यक्षमा आठ, उपप्रमुख वा उपाध्यक्षमा १० र वडा सदस्यमा ८१ जना निर्वाचित भएका छन् । यस्तै, कैलालीको १३ स्थानीय तहमध्ये ११ र कञ्चनपुरको नौवटै पालिकामा गरेर दुई सय ७६ जना वडा सदस्यमा निर्वाचित भएका छन् । कैलालीको मोहन्याल र चुरे गाउँपालिकामा थारू समुदायको बसोवास नरहेका कारण दुई पालिकामा यो जातिको जनप्रतिनिधि छैनन् । सुदूरपश्चिममा तीन हजार ८४६ जना जनप्रतिनिधिका लागि निर्वाचन भएको थियो ।

    जसमध्ये थारू समुदायको प्रतिनिधित्व ९.७५ प्रतिशत रहेको देखिएको छ । सुदूरपश्चिममा थारू समुदायबाट नगरपालिका वा गाउँपालिकाको प्रमुखमा ९ प्रतिशत, उपप्रमुख वा उपाध्यक्षमा ११.३६ प्रतिशत र वडाध्यक्षमा ११ प्रतिशत प्रतिनिधित्व भएको देखिन्छ ।

    थारू समुदायको बाहुल्य रहेको कैलालीमा यो समुदायबाट दुई नगरपालिकामा नगरप्रमुख, तीन पालिकामा गाउँपालिका अध्यक्ष विजयी भएका छन् । टीकापुर नगरपालिकाको प्रमुखमा रामलाल डङ्गौरा थारू, भजनी नगरपालिकाको प्रमुखमा केवल चौधरी निर्वाचित भए । यस्तै जानकी गाउँपालिकाको अध्यक्षमा गणेश चौधरी, जोशीपुर गाउँपालिकाको अध्यक्षमा चित्रबहादुर चौधरी र कैलारी गाउँपालिकाको अध्यक्षमा राजसमझ चौधरी निर्वाचित भएका छन् । यस्तै तीन नगरमा उपप्रमुख र तीन गाउँपालिकामा उपाध्यक्ष थारू समुदायबाट निर्वाचित भएका छन् । धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा कन्दकला राना, लम्कीचुहा नगरपालिकामा जुना चौधरी र घोडाघोडी नगरपालिकाको उपप्रमुखमा गुलियादेवी चौधरी निर्वाचित भइन् ।

    यसैगरी, जानकी गाउँपालिकाको उपाध्यक्षमा लालमतीदेवी कठरिया, जोशीपुरको उपाध्यक्षमा रेखादेवी कठरिया र कैलारी गाउँपालिकाको उपाध्यक्षमा भगवती चौधरी निर्वाचित भइन् । कञ्चनपुरमा थारू समुदायबाट एक जना नगर प्रमुख, दुई जना गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । बेलौरी नगरपालिकाको प्रमुखमा पोतिलला चौधरी निर्वाचित भइन् । लालझाडी गाउँपालिकाको अध्यक्षमा निर्मल राना र बेलडाँडी गाउँपालिकाको अध्यक्षमा हरिशचन्द्र राना निर्वाचित भए ।

    बेलौरी नगरपालिकाको उपप्रमुखमा जोगराम चौधरी, कृष्णपुरको उपप्रमुखमा द्रोपती राना र पुनर्वास नगरपालिकाको उपप्रमुखमा भुलिया राना निर्वाचित भइन् । लालझाडी गाउँपालिकाको उपाध्यक्षमा सपना चौधरी निर्वाचित भइन् । कैलालीमा थारू समुदायबाट वडाध्यक्षमा ५८ र वडा सदस्यमा २०२ जना निर्वाचित भएका छन् । अग्नी समाचारबाट

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD