Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

थारू समुदायको अँटवारी पर्व भदौ १२ गते

0 47

धनगढी, ६ भदौ । पश्चिम नेपालका थारू समुदायको प्रमुख सांस्कृतिक तथा सामाजिक पर्वको रुपमा रहेको अँटवारी पर्व यस वर्ष भदौ १२ गते परेको छ । हरेक वर्ष कृष्ण जन्माष्टमीपछिको दोस्रो साताको आइतबार तथा कुशेऔंसी पछिको पहिलो आइतबारका दिन अँटवारी पर्व मनाइन्छ ।

थारु नागरिक सामाज कैलाली संयोजक तथा थारु अगुवा दिलबहादुर चौधरीले अँट्वारी पर्व यहि भदौ १२ गते परेको बताए । उनले कुशे औंसी पछिको पहिलो आइतबार र भाद्र शुक्ल पक्षको पहिलो आइतबार भदौ १२ गते परेकोले उक्त दिन थारु समुदायको अँटवारी पर्व परेको बताए ।

jagattara

अँटवारी मुलतः थारु समुदायका पुरुषले मनाउने पर्व हो । तर, थारु समुदायका महिला पनि अँट्वारी व्रत बस्ने गर्दछन् । पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बर्दिया र दाङ जिल्लाका थारु समुदायले अँट्वारी पर्व मनाउने गरेका छन् । थारु समुदायको यो माघीपछिको अर्को प्रमुख सांस्कृतिक, सामाजिक पर्व हो । अँटवारीको अघिल्लो दिन अर्थात् शनिबार मध्य रातिमा दर खाएर यो पर्व सुरु हुन्छ । आइतबार व्रत बस्ने गरिन्छ ।

साँझ प्रत्येकले आफ्नो घरको छुट्टै कोठा लिपपोत गरेर चोखो रूपमा रोटी, पूरी पकाएर अँटवारी पूजा गर्ने गर्दछन् । अँटवारी पुजामा अण्डीक रोटी, काँक्रो, दही, केरा, बेलौटीलगायतका अग्रासन झिकेर पूजा गरिन्छ । त्यसको भोलिपल्ट बिहान पाँच अथवा सात प्रकारका गेडागुडीयुक्त तरकारी र भातको फरहार गरिन्छ ।

फरहारपछि आफ्ना विवाहित चेलीबेटीलाई अग्रासन दिन जाने चलन रहेको छ। अँटवारी माइतीले आफ्ना चेलीबेटीलाई सम्मान दिने तथा दाजुभाई र दिदीबहिनीबीच मायाप्रेम साट्ने पर्वका रूपमा स्थापित छ । त्यस्तै, अँटवारीलाई एकता, विजय तथा भातृत्व प्रेमको प्रतीकका साथै बल र सुरक्षाको प्रतीकका रुपमा मनाइने गरेको छ ।

यसैबीच, सुदूरपश्चि प्रदेश सरकारले अँटवारी पर्वमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रत्येक वर्ष अँटवारी पर्वमा सार्वजनिक विदा दिँदै आएको प्रदेश सरकारले यस वर्ष भने भदौ १९ गते अँटवारी पर्वको विदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषदको २०७८ चैत्र २२ गतेको निर्णय अनुसार भदौ १९ गते अँटवारी पर्वको विदा दिने निर्णय गरेको छ ।

तर, थारु अगुवाहरुले भदौ १२ गते अँटवारी पर्व परेकोले उक्त निर्णय सच्याउन माग गरेका छन् । थारु नागरिक समाज कैलालीका संयोजक चौधरीले प्रदेश सरकारले उक्त निर्णय सच्याएर भदौ १२ गतेको दिन सार्वजनिक विदा दिनु पर्ने माग गरे ।

garima 1
टिप्पणीहरू
Loading...