थारु समुदायमा आज पइनस्टोपी (ढिक्री पकाउने भाँडो) धुने दिने
कैलाली, २६ असोज । थारु समुदायमा दशै मनाउने तौरतरिका बेग्लै छ । नेपाली समाजमा फूलपातीको दिनलाई जसरी धुमधाम गरि मनाउछन्, त्यसै गरि थारु समुदायमा फूलपाती अर्थात आजको दिन पइनस्टोपी (ढिक्री पकाउने भाँडो) धुने चलन छ ।
थारु समुदायमा ज जसको घरमा देवता छन् उनीहरु आजको दिन पइनस्टोपी (ढिक्री पकाउने भाँडो) धुने, देवतालाई नुहाई धुवाई गरि सरसफाई गर्ने, देवथान लिपपोट गर्ने र ढिक्री पुज्ने सामाग्रीको जोहो गर्ने चलन छ ।
आजको दिन थारु समुदायका घरमा भएका फोहार चिज बाहिर फाल्ने, घरमा भएका माकुराका जालोहरु फाल्ने जसलाई झोलझराई भन्ने गरिन्छ । अष्टमीको दिन थारु समुदायमा आफ्ना देवतालाई ढिक्री पुज्ने गर्दछन् ।