Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

थारु समुदायद्वारा अध्यादेश पारितका लागि दबाब दिन आन्दोलनको घोषणा

0 59

काठमाण्डौ २७ मंसिर/ रेशम चौधरीलाई छुटाउन फौजदारी कार्यविधि संहितामा परिवर्तन गर्न सरकारले ल्याएको अध्यादेश पारितका लागि दबाब दिन थारु समुदाय भोलिदेखि आन्दोलनमा होमिने भएका छन् । सरकारले ल्याएको उक्त अध्यादेशको अहिले विरोध भइरहेको छ । तर अध्यादेश पारित गर्नका लागि दबाब दिने उद्देश्यले थारु समुदाय आन्दोलन गर्ने भएका छन् ।

विभिन्न पार्टीमा आवद्ध थारु नेता तथा अगुवाहरुले काठमाडौंस्थित रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरे । पत्रकार सम्मेलनमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण थारुले भोली मेचीदेखि महाकालीसम्मका थारु समुदाय प्रदर्शन गर्ने बताए । उनले माइतीघर मण्डलामा समेत भोली १ बजे दिउँसो प्रदर्शन तथा कोणसभा गर्ने जानकारी दिए । उनले भने, ’सरकारले विगतमा गरेको निर्णयलाई निरन्तरता दिंदै अध्यादेश ल्याएको छ । त्यसैले राष्ट्रपति ज्यूले अध्यादेश जस्ताको तस्तै पारित गर्नुहुन्छ भन्ने विश्वास छ ।’

उनले अध्यादेश विरुद्ध षड्यन्त्र भइरहेको यद्दपी विचलित नभएको बताए । आफ्नो पार्टीसंग न सरकार बनाउने न खसाउने हैसियत रहेको भन्दै लेनदेनमा अध्यादेश नआएको तर्क गरे ।

टिप्पणीहरू
Loading...