थारु राष्ट्रिय मुक्ति मोर्चा कैलालीको दोस्रो पुर्ण बैठक घोडाघोडीमा सम्पन्न
पहलमानपुर, १६ कार्तिक ।। थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल कैलाली जिल्ला कार्यसमितीको दोस्रो पुर्ण बैठक आज सम्पन्न भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका स्थित साडेपानीमा विभिन्न ६ वटा बिषयमा निर्णयहरु पारित गर्दै मोर्चाको बैठक सम्पन्न भएको हो ।
मोर्चाका कैलाली अध्यक्ष वाल कृष्ण थारुको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम सहईन्चार्ज बिरमान चौधरी रहेका थिए भने बिशिष्ट अतिथी पार्टीका कैलाली जिल्ला ईन्चार्ज रुपा थारु रहेकी थिईन् ।
सो बैठकले जिल्लाका सबै पालिकाहरुमा मंसिर २० गते भित्र मोर्चाको टोल, वडा, पालिका सम्म कमिटी गठन, सबै पालिकाहरुमा थारु बुद्धिजिवीहरु सँग प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम, जिल्ला कमिटीको ११ सदस्य सल्लाहकार समिती गठन, प्रदेश कमिटीमा सदस्य सिफारिस, स्मारिका प्रकाशन लगायतको निर्णय गरिएको जिल्ला सचिव बिस्ना चौधरीले बताईन् ।
मोर्चाको दोस्रो पुर्ण बैठकले जिल्लाका अधिकांश पालिकाहरुमा ईन्चार्जको समेत जिम्मेबारी बाँडफाँड गरेको छ । जस अर्न्तगत धनगढी उपमहानगरपालिकामा भागीराम थारु, अत्तरिया नगरपालिकामा तिलक थारु, गौरीगंगा नगरपालिकामा राम प्रसाद थारु, घोडीघोडी नगरपालिकामा कमल थारुलाई ईन्चार्जको जिम्मेबारी प्रदान गरिएको छ ।
त्यसैगरि जानकी गाउँपालिकामा गणेश थारु, कैलारी गाउँपालिका, भजनी नगरपालिकामा लक्ष्मी सद्गौंवा, जोशीपुर गाउँपालिका लौटन थारु र लम्कीचुहा नगरपालिका, बर्दगारिया गाउँपालिकामा नाथुराम चौधरी लगायतलाई ईन्चार्जको जिम्मेवारी प्रदान गरिएको मोर्चाले जनाएको छ ।