थारु राष्ट्रिय मुक्ति मोर्चाको घोडाघोडी नगर स्तरिय बृहत सम्मेलन हुने
पहलमानपुर, १५ कार्तिक ।। ने.क.पा. माओवादी केन्द्र निकट थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको घोडाघोडी नगर स्तरिय बृहत सम्मेलन हुने भएको छ । सो मोर्चाको मंसिर १८ गते हुने बृहत सम्मेलनका आज लागि शंकर डंगौराको संयोजकत्वमा ५१ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरिएको छ । जसको सहसंयोजकमा पवित्रा चौधरी, फुलमाया चौधरी र अन्य १२ वटै वडाका सदस्यहरु रहेका छन् ।
यस्तै थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको घोडाघोडी नगर स्तरिय बृहत सम्मेलन भब्य र सभ्य रुपमा सम्पन्न गर्नका निम्ती विभिन्न उपसमितीहरु समेत गठन गरिएको छ । जस अर्न्तगत सांस्कृतिक शिवकुमार कठरिया, स्वयमसेवक परिचालन सन्तोष चौधरी, अतिथी सत्कार तिर्थ चौधरी, मञ्च व्यवस्थापन शंकर चौधरी, प्रचारप्रसारमा टिआर कठरिया लगायतलाई संयोजकको जिम्मेबारी प्रदान गरिएको हो ।
मोर्चाको केन्द्रिय कमिटीको निर्देशनमा थारु राष्ट्रिय मुक्ति मोर्चाले जिल्लाको धेरै पालिकाहरुमा आफ्नो सम्मेलन सम्पन्न गरिसकेको छ । सोहि अर्न्तगत घोडाघोडीमा बृहत सम्मेलन आयोजना गर्न लागेको मोर्चाका कैलाली उपाध्यक्ष कमल थारुले बताए । उनले सम्मेलन सफल पार्नका निम्ति सम्पुर्णको सहयोगका लागि अनुरोध गरे ।