Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

थारु पत्रकार संघ कैलाली अध्यक्षमा दिनेश दहित

0 61

कैलाली, २३ चैत ।। थारु पत्रकार संघ कैलालीको साधारण सभा तथा चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट दिनेश दहितको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

कार्यसमितिको उपाध्यक्षमा रतनलाल चौधरी, सचिवमा दिलबहादुर चौधरी, कोषाध्यक्षमा विवश चौधरी, सहसचिवमा अनिता चौधरी चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा प्रेमलाल चौधरी, गीता चौधरी, नरेन्द्र चौधरी, मोतीराम चौधरी, राजु चौधरी, श्रीशा राना चयन भएका छन् ।

त्यसैगरी, थारु पत्रकार संघ नेपालको यहि चैत २५ र २६ गते नवलपुरको अमलटारीमा हुने पाँचौं राष्ट्रिय महाधिवेशन तथा १० औं साधारण सभाका लागि केन्द्रीय प्रतिनिधि छनौट गरिएको छ । केन्द्रीय प्रतिनिधिहरूमा प्रेम चौधरी, भीमबहादुर चौधरी, ईन्दु चौधरी, लखन चौधरी, अविनाश चौधरी, राम दहित, सागर कुश्मी, विदेश चौधरी छनौट भएका छन् ।

यसअघि थारु पत्रकार संघका केन्द्रीय उपाध्यक्ष उन्नती चौधरीले उद्घाटन गरेको कार्यक्रम जिल्ला अध्यक्ष प्रेम चौधरीको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा नेपाल अदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का पूर्व केन्द्रीय सल्लाहकार गणेश चौधरी थारु समुदायको मुद्दा उठानका लागि थारु पत्रकारहरूको अहम भूमिका रहेको बताए । कार्यक्रममा संघका जिल्ला निवर्तमान कोषाध्यक्ष भानुप्रताप राना, प्रेस चौतारीका प्रदेश सदस्य छपिलाल चौधरी, फोनिज जिल्ला अध्यक्ष राम दहितलगायतले शुभकामना व्यक्त गरेका थिए ।

टिप्पणीहरू
Loading...