कठरिया सन्देश

१९ फाल्गुन २०८०, शनिबार

  • gold Teach Computer
    gold Teach Computer
  • तप्पा गाउँकाे भल्मन्सामा भोग प्रसाद कठरिया

    तप्पा गाउँकाे भल्मन्सामा भोग प्रसाद कठरिया
    Spread the love

    टिआर कठरिया, ५ माघ ।। कैलालीकाे घाेडाघाेडी नगरपालिका वडा नं. ११ तप्पा गाउँकाे भल्मन्सामा भोग प्रसाद कठरिया पुनः सर्बसहमत चयन भएका छन् । कठरिया थारु समुदायकाे बाहुल्यता रहेकाे साे गाउँकाे भेलाले चाैकिदारमा सुकै राम चाैधरी र गाउँ सचिवमा कुन्दन कठरियालाई चयन गरेकाे हाे ।

    यस्तै गाउँको गुरुवामा सुकदार चौधरी, सहगुरुवामा प्रर्शुराम कठरिया चयन भएका छन् । गत बर्षमा भल्मन्सा भोग प्रसाद कठरियाले गाउँको हितमा सफलता पुर्बक कार्यसम्पादन गरेकाले पुनः उनलाई नै भल्मन्सा बनाएको तप्पा गाउँका समाजसेवि घनश्याम कठरियाले बताए । नब निर्बाचित भल्मन्सा कठरियाले सम्पुर्ण गाउँलेहरुको सल्लाह, सुझाव र प्रतिक्रिया लिएर मात्रै काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

    थारु समुदायले माघी पर्व मनाउने क्रममा गाउँमा नयाँ नेतृत्व चयनका लागि भुराखेल गर्ने गर्दछन् । सोहि क्रममा आजभोलि थारु गाउँ गाउँमा नयाँ नेतृत्व चयनको चहलपहल बढेको छ । माघी संगै थारु समुदायमा नयाँ आर्थिक बर्ष सुरु हुने गर्दछ ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD