Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

डोटीमा  माओवादी केन्द्रको २ महिने संगठन सुदृढीकरण अभियान आजवाट शुरु

0 59

डोटी, १६ श्रावण ।। माओवादी केन्द्र डोटीले २ महिने जनसम्बन्ध विस्तार, संगठन सुदृढीकरण अभियान तथा प्रशिक्षण  शुरु गरेको छ । पार्टीको जिल्ला समन्वय कमिटीको निर्णय अनुसार अभियान दिपायल सिलगढी नगरपालिका देखि सुरु भएको उक्त पार्टीका डोटी संयोजक कमल वहादुर गड्सिलाले बताए ।

गड्सिलाले भने “हामी दुई महिनाको अबधिमा जनताको घरघर सम्म पुगेर पार्टीको विचार, नितिका बारेमा जनतालाई जानकारी दिनेछौ । संगठन निर्माण तथा सुदृढीकरण गर्ने छौ, संगठनहरुलाई प्रशिक्षण दिनेछौ ।” उक्त पार्टीका पोलिटब्युरो सदस्य तथा सुदुरपश्चिम प्रदेश सरकार माननिय मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आतिथ्यता, पार्टीका केन्द्रीय सदस्य तथा डोटी ईन्चार्ज शिव सिँ ओलीको विशिष्ट आतिथ्यता, नगर संगठन कमिटीका अध्यक्ष असोक सोपको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

आज १६ गते दिपायल सिलगढी नगरपालिका श्रवण १७ गते केआईसिंह गाउँपालिकाको वायल, श्रावण १८ गते शिखर नगरपालिका, श्रावण२० गते सायल गाउँपालिका, १९ गते आदर्श गाँउपालिका, श्रावण २१ गते पुर्बिचौकी गाउँपालिका, श्रावण २२ गते जोरायल गाउँपालिका, श्रावण१३ गते बडीकेदार गाउँपालिका र श्रावण २४ गते बोगटान गाउँपालिका कार्यक्रम हुने उक्त पार्टीका संयोजक गड्सिलाले बताए ।

School
टिप्पणीहरू
Loading...