Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

डेढ किलाे चरेस सहित एक प्रहरी जवान पक्राउ

0 47

कैलाली, २३ श्रावण ।। सशस्त्र प्रहरी जवान लागूऔषध चरेससहित पक्राउ परेका छन् । सुदूरपश्चिम प्रहरी अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले सशस्त्र प्रहरी गण वन बेहडा कैलालीमा कार्यरत दुर्गाथली गाउँपालिका ४ बझाङ घर भएका गणेशप्रसाद जोशीलाई लागूऔषध चरेससहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रकाश जोशीले सूचनाको आधारमा सशस्त्र प्रहरी जवान जोशीलाई धनगढी उपमहानगरपालिका ३ स्थित होटेल सिटिबाट डेढ केजी लागूऔषध चरेससहित पक्राउ गरिएको बताए । पक्राउ परेका जोशीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको डिएसपी जोशीले बताए ।

टिप्पणीहरू
Loading...