Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

डेंगी संक्रमणबाट २१ जनाको मृत्यु, १७ हजार भन्दा बढी संक्रमित

0 34

काठमाडौं, ५ असोज । यस वर्ष नेपालमा डेंगी संक्रमणबाट २१ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज ३ गतेसम्म संक्रमितको संख्या १७ हजार ४९४ पुगेको छ ।

हालसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै ललितपुरमा चार हजार ८७८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, काठमाडौंमा चार हजार ६७४, भक्तपुरमा ७१३ गरी उपत्यकामा डेंगी संक्रमितको संख्या १० हजार २६५ पुगेको छ ।

zero emission ride n poster 1

उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार ६१० जनामा संक्रमण देखिएको छ । यस्तै, दाङमा एक हजार १४९, रुपन्देहीमा ६७९, चितवनमा ४२९, गुल्मीमा २९२, दार्चुलामा १९२ तथा काभ्रेमा १५६ जनामा संक्रमण पुष्टि भएकोे छ । अन्य जिल्लामा संक्रमितको संख्या १०० भन्दा कम रहेको महाशाखाको तथ्यांक छ ।

डेंगी संक्रमण पहिचानका लागि साधारण प्रयोगशाला तथा क्लिनिकमा परीक्षण गराउने र आफैँले औषधि लिएर खाने गर्दा संक्रमितमा जटिलता थपिने भएकाले चिकित्सकको सल्लाहबिना औषधि नखान विज्ञहरुले सुझाएका छन् ।

“कतिपय अवस्थामा डेंगी परीक्षण गराउने र चिकित्सकको सिफारिसबिना औषधि खाने गर्नाले बिरामी सिकिस्त भएका घटना पनि छन्” कान्ति बाल अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा। रामहरी चापागाइँले भने, “त्यसैले यदि आफूलाई गाह्रो हुने खालका लक्षण देखिए तुरुन्तै अस्पताल आउन र परामर्श लिन बिरामीलाई अनुरोध छ,” ।

डेंगी संक्रमणमा हुने शरीरको दुखाइ कम गर्न पेनकिलर खाँदा आन्तरिक र बाह्य रत्तश्राव भएर बिरामीको मृत्युसमेत हुनसक्ने भएकाले पेनकिलरको प्रयोग नगर्न वरिष्ठ सरुवारोग विशेषज्ञ डा। शेरबहादुर पुन सुझाव दिन्छन् ।

Jay Bajrang

डेंगीबाट जोगिने प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै भएकाले आफ्नो वासस्थान वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र व्यक्तिगत सतर्कता अपनाउन जरुरी छ ।

School
टिप्पणीहरू
Loading...