Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

डडेल्धुरामा भ्रष्टाचार गरेको आरोपमा सामुदायिक वनका अध्यक्षलाई कालोमोसो दलियो

0 132

डडेल्धुरा, २४ असार ।। डडेल्धुरामा सामुदायिक वनका अध्यक्षलाई कालोमोसो दलिएको छ । नेकपा बहुमतका कार्यकर्ताले भ्रष्टाचार गरेको भन्दै बिहीबार राति आलिताल गाउँपालिका–३ स्थित तुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडैलाई कालोमोसो दलेका हुन ।

उनीमाथी नेकपा बहुमतले २२ लाख हिनामिना गरेको आरोप लगाएको छ ।

वनका अध्यक्ष समातिए, अनुसन्धान थालियो, भ्रष्टाचार स्विकार

डडेल्धुराको आलिताल गाउँपालिका– ३ स्थित तुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सर्वजित मडैलाई डिभिजन वन कार्यालय डडेल्धुराले समातेको छ। वनको समितिको खातामा रहेको २२ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो। 

शुक्रबार मडैसँगै समितिका कागजपत्र नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ। कार्यालयका अधिकृत रामविचारी ठाकुरका अनुसार मडैले भ्रष्टाचार गरेको स्विकार गरेका छन्। उनीमाथि अनुसन्धान भइरहेको छ।

School
टिप्पणीहरू
Loading...