Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

टीकापुर नगरपालिकालाई आइ एल आर फ्रिजर हस्तान्तरण

0 66

कैलाली, २५ जेठ ।। बाल कल्याण सङ्घ टीकापुर र वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा सञ्चालित कोभिड–१९ प्रतिकार्य सबलीकरण परियोजना अन्तर्गत बुधवार टीकापुर नगरपालिकालाई १ थान आइ एल आर फ्रिजर हस्तान्तरण गरिएको छ । बुधवार आयोजित एक कार्यक्रमका बिच पालिकालाई उक्त फ्रिजर हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल पश्चिम फिल्ड कार्यालयका प्रबन्धक चेतराज भट्टराई, वर्ल्ड भिजनकै तर्फबाट सुशान्त बुद्धाचार्य, बाल कल्याण सङ्घ टीकापुरबाट कार्यक्रम प्रबन्धक सुगम रेग्मी, नारी परियोजना संयोजक केशवराज जोशी र टीकापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख बल बहादुर रावलको उपस्थिति रहेको थियो ।

टीकापुर नगरपालिकाले कोल्ड स्टोर स्थापना गर्न गइरहेको र उक्त फ्रिजर उपयोगी रहने जानकारी गराउनु भयो  बाल कल्याण सङ्घ टीकापुर र वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा सञ्चालित कोभिड–१९ प्रतिकार्य सबलीकरण परियोजनाद्वारा पालिका मातहतका विभिन्न स्वास्थ्य संस्थाहरूमा विभिन्न सामग्रीहरू सहयोग गर्दै आइरहेको छ ।

ks programme
School
टिप्पणीहरू
Loading...