Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

टीकापुर नगरपालिकाकाे कृतिमानी: १ बर्षमा ४० लाखकाे खाना

0 29

कैलाली, ८ असार ।। सुदूरपश्चिमको पुरानो नगरपालिका टीकापुर नगरपालिमा एक वर्षमा ४० लाख रुपैयाँ खाना खर्च भएको खुलासा भएको छ ।

महालेखा परीक्षकको कार्यालयबाट हालै सार्वजनिक लेखा परीक्षण प्रतिवेदनका अनुसार सो नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ मा ४० लाख ८९ हजार ३ सय ३२ रुपैयाँ खानामा खर्च गरेको छ ।

खाना खर्चबाहेक नगरपालिकाले सो आर्थिक वर्षमा जनप्रतिनिधिलाई सुविधावापत ८४ लाख ७२ हजार रुपैयाँ बाँडेको पनि प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा जनप्रतिनिधिले कुन शीर्षकमा कति रकम बुझे भन्ने विवरण उपलब्ध नगराएको पनि उल्लेख छ ।

सभा सञ्चालनकै लागि मात्र एक वर्षमा टीकापुर नगरपालिकाले ११ लाख ५१ लाख ९ सय २६ रुपैयाँ खर्च गरेको छ ।

आर्थिक वर्ष २०७७।०७८ मा टीकापुर नगरपालिकामा ६ करोड ६ लाख ७१ हजार बेरुजु देखिएको छ, जसमध्ये १ करोड १० लाख २ हजार असुलउपर गर्नुपर्ने बेरुजु रहेको छ ।

सो आर्थिक वर्षमा टीकापुरको कूल बजेट १ अर्ब ५ करोड रुपैयाँ रहेको थियो । नगरपालिकाको बेरुजु ६ प्रतिशत देखिएको छ । यो सुदूरपश्चिममैं सबैभन्दा धेरै बेरुजु हो ।

School
टिप्पणीहरू
Loading...