कठरिया सन्देश

१९ फाल्गुन २०८०, शनिबार

  • gold Teach Computer
    gold Teach Computer
  • जाेशीपुर ६ सिमरीमा हुन लागेकाे नृत्य प्रतियोगिताकाे तयारी अन्तिम चरणमा

    जाेशीपुर ६ सिमरीमा हुन लागेकाे नृत्य प्रतियोगिताकाे तयारी अन्तिम चरणमा
    Spread the love

    पहलमानपुर, १५ कार्तिक ।। नबप्रतिभाहरुलाई अवसर र अग्रजहरुलाई सम्मान गर्ने उदेश्यका आयाेजित नृत्य प्रतियोगिताकाे तयारी अन्तिम चरणमा पुगेकाे छ । जाेशीपुर गाउँपालिका वडा नं. ६ सिमरी स्थित एकिकृत लायन्स क्लवकाे आयाेजनामा हिन्दुहरुकाे महानपर्व शुभदिपावलीकाे अवसरमा साे कार्यक्रमकाे तयारी अन्तिम चरणमा पुगेकाे हाे ।

    भाेली कार्तिक १६ गते बुधबारका दिन हुन लागेकाे ‘दिया दिवारी साँस्कृतिक मञ्च सिजन ९’ अन्तर्गत नृत्य प्रतियोगिताकाे तयारी अन्तिम चरणमा पुगेकाे क्लबका अध्यक्ष प्रशान्त कठरियाले बताए । उनले प्रतियाेगीहरुकाे नाम दर्ता, कलाकार, अतिथिगणहरुलाई पत्रचार, प्रचारप्रसार, कार्यक्रम स्थल सरसफाई लगायतकाे तयारी गरि सकिएकाे बताए ।

    कार्यक्रम बुधबार दिउँसो २ बजे पश्चात उद्घाटन हुने आयाेजकले जनाएकाे छ । सिमरी गाउँमा लामाे समय देखि साँस्कृतिक कार्यक्रम हुँदै आएकाे छ । यस बर्षकाे कार्यक्रममा राष्ट्रिय थारु कलाकारहरुकाे समेत प्रस्तुति रहने बताईएकाे छ ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD