जोशीपुर, १८ फागुन ।। कैलालीकाे जोशीपुर बजारमा दुई दिने होली मिलन, शुभकामना अदानप्रदान तथा वृहत सांस्कृतिक कार्यक्रम २०७९ आयोजना हुने भएकाे छ ।
सुदूरपश्चिम अड्डा स्पोर्ट्स एण्ड बारकाे आयोजना तथा संझेरी नाँच गित संगितकाे आयोजनामा फागुन २१ र २२ गते होली मिलन तथा सांस्कृतिक कार्यक्रम हुने जनाईएकाे छ । होली पर्वकाे अवसरमा गायक र मोडलहरुकाे प्रतिभा प्रस्फुटनका लागि सांस्कृतिक कार्यक्रमकाे आयोजना गरिएकाे कार्यक्रम संयोजक राजेश कठरियाले बताए ।
कार्यक्रममा गायक खुशी रत्गैया, गायिका संगिता चौधरी, गायक चन्द्रभुषण कठरिया, गायक टेकराज चौधरी, मोडेल इन्दु कुश्मी, प्रितु चौधरी, रितु चौधरी, रेमु चौधरी, राजु चौधरी, कमेडि कलाकार सुरदिन अकिलकटला, टिकटक स्टार दिपिका जिएजकाे सहभागिता रहने आयोजकले जनाएकाे छ ।

