पहलमानपुर, ३ माघ ।। कैलाली जिल्लाकाे घाेडाघाेडी नगरपालिका वडा नं. ११ स्थित जवलपुर गाउँकाे भुराखेल आज सम्पन्न भएकाे छ । साे गाउँकाे आज भएकाे भुराखेलबाट भल्मन्सामा महाराज कठरिया, गाउँ सचिवमा विष्णुप्रसाद चाैधरी, र चाैकिदारमा ठकुरी देवि चाैधरी चयन छन् ।
गाउँकाे गुरुवाकाे रुपमा ज्वाला प्रसाद कठरिया चयन भएका छन् । यस्तै आज चुनिएका नेतृत्वहरुले जिम्मेवारी अनुसारकाे पारिश्रमिक समेत पाउने छन् । उनिहरुलाई सम्पूर्ण गाउँलेहरुकाे सहमतिमा बार्षिक रुपमा पारिश्रमिक स्वरुप जिन्सि दिईने जवलपुर गाउँका युवा प्रविन कठरियाले बताए ।
थारु समुदायले माघे संक्रान्ति अर्थात माघी पर्वलाई आफ्नै माैलिक परम्परा अनुसार मनाउने गर्दछन् । याे पर्वलाई नयाँ वर्षकाे रुपमा मनाउने साे समुदायले यसै बखत हरहिसाव र नेतृत्व समेत फेरवदल गर्ने गर्दछन् । साेहि नयाँ नेतृत्व चयन, नविकरण प्रक्रियालाई नै भुराखेल भन्ने गरिन्छ । जुन माघ महिना भरि नै चल्ने गर्दछ ।