Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

जबर्जस्ती करणीको आरोप लागेका एमाले सांसद बानियाँ पक्राउ

0 43

काठमाडौँ, १६ फागुन ।  जबर्जस्ती करणीको आरोप लागेका एमाले सांसद मोहन बानियाँ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बानियाँलाई नेपालगंन्ज विमानस्थलबाट पक्राउ गरीएको बताए ।

जबर्जस्ती करणी अभियोगमा सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा सांसद बानियाँले ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो ।

पीडित महिलाले सांसद बानियाँविरुद्ध माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । सांसद बानियाँ पिछडिएको क्षेत्रबाट एमालेका समानुपातिक सांसद हुन् ।

School
टिप्पणीहरू
Loading...