Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

जनगणनामा कठरियाहरुले जात, भाषा कठरिया लेखाउनु पर्नेमा जोड

0 22

कैलाली, २२ कार्तिक ।। आगामी राष्ट्रिय जनगणनामा सम्पुर्ण कठरियाहरुले जात, भाषा, पुर्खाको भाषा कठरिया लेखाउनु पर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका ११ सिसैयामा कठरिया समाज नेपालले आयोजना गरेको एक कार्यक्रमका सहभागिहरुले सो कुरा बताएका हुन् ।

नेपाल सरकारले हरेक १० बर्षमा लिने जनगणना आफैमा गम्भिर बिषय भएकाले सोको सत्य, तथ्य तवरले गणना कार्य सफल पार्न कठरिया समुदायको समेत महत्वपुर्ण भुमिका हुनु पर्नेमा जोड दिईको थियो । यसका साथै आफ्नो छुट्टै भाषा, संस्कृति र मौलिक पहिचान भएकाले कठरिया जाती कुनै जातीको उपथर नभएको बताइएको थियो ।

कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरु कठरिया अरुभन्दा पृथक जाती भएकाले अगल तवरले जनगणनामा सहभागि हुनु पर्ने सुझाएका हुन् । उनिहरुले आगामी कार्तिक २५ गते देखि सुरु हुने जनगणनामा कठरिया समुदायले सुचिकृत जातीको कोड प्रयोग नगरिकन अन्यमा सहभागि हुनु पर्ने कठरिया समाज नेपालका अध्यक्ष गया प्रसाद कठरियाले बताए ।

उनले कठरियाहरुले जात, जातीमा कठरिया, पुर्खाको भाषामा कठरिया, मातृभाषामा कठरिया, दोस्रो भाषामा थारु लेखाउनु पर्ने छलफल भएको बताए ।
कठरिया समाज नेपालका केन्द्रिय सदस्य राम कुमार कठरियाको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा कैलाली जिल्लाका अधिकांस कठरिया जनप्रतिनिधी, बुद्धिजिवी, समाजसेवि, अगुवा, बड्घर, भल्मन्सा, पध्नाहरुको सहभागिता रहेको थियो ।

सिसैया गाउंका युवाहरुले होरी नाच प्रस्तुत गरि अतिथीहरुलाई स्वागत गरेको कार्यक्रमको संचालन कठरिया समाज नेपालका कोषाध्यक्ष सुरज कठरियाले गरेका हुन् ।

hori
टिप्पणीहरू
Loading...