Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

जगततारा इङ्गलिस बाेर्डिङ्ग स्कुलमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई विदाई

0 61

पहलमानपुर, ११ चैत ।। कैलालीकाे बर्दगाेरिया गाउँपालिका वडा नं. १ मा रहेकाे जगततारा ईङ्गलिस बाेर्डिङ्ग स्कुलमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई विदाई गरिएकाे छ । साे विद्यालयकाे कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले एक कार्यक्रमकाे आयाेजना गरि कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई विदाई गरेका हुन् ।

कक्षा ९ की छात्रा पुनम चाैधरीकाे सभापतित्वमा भएकाे कार्यक्रमका प्रमुख अतिथी विद्यालयका संस्थापक एकेन्द्र मल्ल रहेका थिए भने विशिष्ट अतिथी संस्थापक सदस्य अपर्णा मल्ल र प्रधानाध्यापक विनाेद थापा रहेका थिए । कार्यक्रममा बाेल्दै प्रमुख अतिथी मल्लले विद्यार्थीहरुकाे उज्जवल भविष्यकाे कामना गरेका थिए ।

छात्रा सरु चाैधरीकाे स्वागत मन्तब्य सँगै सुरु भएकाे विदाई कार्यक्रममा शिक्षक रामसागर चाैधरी, टीका उपाध्यय, अर्जुन कठरिया लगायतकाले मन्तब्य राखेका थिए । उक्त कार्यक्रमकाे संचालन कक्षा ९ का छात्र निराजन बुढाले गरेका थिए ।

received 973807783754514
School
टिप्पणीहरू
Loading...