पहलमानपुर, २३ फागुन ।। कैलालीको सुखडमा जारी घाेडाघाेडी महाेत्सवमा आज (मंगलवार) स्थानीय तथा राष्ट्रिय कलाकारहरुकाे प्रस्तुति रहने छ । जस अनुसार आज छैठौं दिन चर्चित हाँस्यकलाकार सुरबिर पंडित ‘दारी बा’, पल्पसा डंगाेल ‘चम्सुरि’, गायिका एन्जिला रेग्मी र माेडल रितु चाैधरी लगायतकाे प्रस्तुति रहने आयाेजकले जनाएकाे छ ।
कला, संस्कृति, कृषि, पर्यटन र व्यापार, समृद्ध घाेडाघाेडी विकासकाे आधार भन्ने मुलनाराका साथ बिहिवारबाट सुरु भएकाे घाेडाघाेडी महाेत्सवमा दैनिक स्थानीय डान्स एकेडेमी, क्लवका कलाकारहरुकाे समेत प्रस्तुति भइरहेकाे आयाेजकले जनाएकाे छ ।
घाेडाघाेडी उद्योग बाणिज्य संघकाे आयाेजनामा भईरहेकाे महाेत्सवमा साेमवार गायक रामजी खाण, गायिका सानु सुर्खाली, थारु गायिका सोनु कुश्मी र गायक रामकुमार कठरियाले प्रस्तुति राखेका थिए । सुखड स्थित हेलिप्याडमा जारी महाेत्सव फागुन २८ गते सम्म चल्ने छ ।

