Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

चुनावको भिडिओ अपलोड गरी २० देखि ५० लाख भ्युज बनाए आयोगले नगद पुरस्कार दिने

0 25

काठमाडौँ, १८ वैशाख । निर्वाचन आयोगले चुनावसम्बन्धी सन्देशमुलक भिडिओ प्रचारप्रसार गरी २० लाखदेखि ५० लाखसम्म भ्युज बनाउनेलाई नगद पुरस्कार दिने भएको छ।

वैशाख ३० गते हुने स्थानीय चुनावका लागि आयोगले बनाएका सन्देशमुलक भिडिओ आफ्नो पेज, एकाउन्ट र संस्थाका पेजमा अपलोड गर्न सकिने आयोगले बताएको छ।त्यस्ता भिडिओहरू आयोगका ट्वीटर, युट्युव र फेसबुक तथा भाइबरमा अपलोड गरिसकिएका छन्।

Jay Bajrang

आयोगका भिडिओ वैशाख २९ गतेभित्र फेसबुक, युट्युव, टिकटकलगायतमा पोस्ट गर्ने, सेयर गर्ने र २० देखि ५० लाख भ्युज बनाउनेलाई नगद पुरस्कार दिइने आयोगले बताएको छ।

एक सूचना जारी गर्दै आयोगले ५० लाख भ्युज बनाउनेलाई ५० हजार नगद दिने बताएको छ। यस्तै तीस लाख भ्युज बनाउनेलाई ३० हजार र २० लाख भ्युज बनाउनेलाई २० हजार पुरस्कार दिने आयोगको भनाइ छ।

टिप्पणीहरू
Loading...