Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

चाडपर्वमा यसरी खाँदा हुदैन शरीरलाई हानी

0 12

कैलाली, १७ असोज ।। यतिबेला दसैं–तिहार जस्ता ठूला चाडपर्वको समय छ। चाडपर्वमा सबैका भान्सामा अन्य समयको तुलनामा बढी नै चिल्लो, पिरो र गुलियो खानेकुरा पाक्ने गर्छ। यो बेला के खाने र कसरी खाने भन्ने विशेष ध्यान दिनु जरुरी हुन्छ।

दसैं–तिहार अरु चाडपर्वको तुलनामा लामा हुन्छन्। दसैंको सुरुवातदेखि कोजाग्रत पूर्णिमासम्म टीकाटालो हुने हुनाले घरमा पाहुनाको आवत–जावत भइरहन्छ। पाहुनालाई विभिन्न किसिमका परिकार बनाएर खुवाउने हाम्रो परम्परा छ। जसमा माछा-मासुदेखि सेलरोटी, मिठाइसम्म सामेल हुन्छन्।

20221001 143927

अरु बेला त्यति मासु नखाने परिवारमा पनि दसैंको बेलामा खानुपर्छ र खुवाउनुपर्छ भन्ने सोच छ। साथै, चाडपर्वमा जति खाए हुन्छ, अरु बेलामा नखाए पनि हुन्छ भन्ने मनस्थिति छ हाम्रो समाजमा। त्यसलाई प्रोत्साहित गर्नु हुन्न।

सन्तुलित भोजनले ९० प्रतिशत औषधिको काम गर्छ। त्यही खाना असन्तुलित भयो भने ९० प्रतिशत रोग निम्तिन सक्छ। खानाकै कारण दसैं–तिहार सकिने बित्तिकै अस्पतालमा बिरामीको चाप बढ्ने गर्छ।

असन्तुलित भोजनका कारण पखाला लाग्ने, कब्जियत हुने, शरीरमा चिल्लो मात्रा बढ्ने समस्या निम्तिछन्। सुगर, मुटुको समस्या, उच्च रक्तचाप, मिर्गौलामा समस्या जस्ता जति पनि दीर्घ रोग छन्, ती सबै खानासँग सम्बन्धित हुन्छन्।

दसैंमा कस्तो खाना खाने ?

दसैंमा पनि साधारणतया भात, दाल, तरकारी नै खान्छौं। तर कतिपय परिवार या समाजमा जमरा बिसर्जन नगरुन्जेलसम्म भात नखाने, चिउरा मात्रै खाने चलन छ। विशेषगरी यो चलन नेवार समुदायमा देखिन्छ। यसबाहेक दसैंको अस्टमी र नवमीमा बली पनि चढाउने गरिन्छ। त्यसलाई प्रसादको रुपमा खाने गरिन्छ।

Joshipur.

दसैंमा परिवार एक साथ बसेर खाने, तास खेल्ने, टिभी हेर्ने गरेर मनोरञ्जन लिइन्छ। दसैं मनाउने क्रममा विभिन्न किसिमका भुटेका, तारेका खानेकुराहरू खान्छौं। त्यसरी खाँदा स्वास्थ्यमा कस्तो प्रभाव पर्छ भन्ने कुरामा ध्यान दिनु आवश्यक छ। चाड हो, केही दिन रमाउँदै खानेकुरा खान सकिन्छ। तर विचार नगरी खानेकुरा खाँदा पछि कस्तो किसिमको प्रतिकुल असर पर्छ भनेर ध्यान दिनुपर्छ।

कसले कति खाने?

चाडपर्व होस् या अन्य समय, आफ्नो शरीरको अवस्था कस्तो छ भन्ने विचार गरेर खानेकुरा खानु पर्छ। दैनिक जीवनमा होस् वा चाडपर्व, स्वास्थ्यको दृष्टिकोणले छाला र बोसो भएको मासुलाई बेवास्ता गर्नु पर्छ। किनभने, छाला र बोसोमा प्रशस्त मात्रामा फ्याटी एसिड बनेको हुन्छ।

कोठाको तापक्रममा जमेर बसेको चिल्लो पदार्थलाई भोजनमा समावेश गर्नु राम्रो होइन। किनकी, यसले शरीरमा कोलेस्ट्रोल बढाउँछ। कोलेस्ट्रोल बढी हुनासाथ शरीरमा एलडीएल बढ्ने हुन्छ, जसले गर्दा मुटु सम्बन्धी समस्या निम्तिन सक्छ।

बोसो एउटा यस्तो पोषक तत्व हो जुन थोरै ठाउँमा पनि धेरै जम्मा हुन सक्छ। यस्तो बोसोलाई जलन क्रिया जस्तै– व्यायाम तथा अन्य शारीरिक क्रियाकालाप गरेर घटाउन सकियो भने शरीरमा सन्तुलन हुन सक्छ। तर शारीरिक क्रियाकलाप बिना नै चिल्लो पदार्थ या बोसो भएको मासु खाने हो भने त्यो बोसो शरीरमा जम्मा हुन्छ। जसको फलस्वरुप शरीरको तौल आवश्यकताभन्दा बढी हुन्छ।

20221003 145404

शरीरको तौल आवश्यकताभन्दा बढी हुनासाथ मधुमेह, मुटु सम्बन्धी रोग निम्तिन सक्छ।

मासु प्रोटिनको राम्रो स्रोत हो जुन हाम्रो शरीरको वृद्धि विकासको लागि अति आवश्यक छ। बालबालिकाको वृद्धि विकासको लागि पनि राम्रो मानिन्छ। तर कति खाने भन्ने कुरामा विषेश ध्यान दिनुपर्ने हुन्छ।

मासुमा प्रोटिन धेरै हुनाले पचाउन गाह्रो हुन्छ। अर्को, मासुमा चिल्लो पदार्थ धेरै हुनाले मापन गरेर खानु बेस हुन्छ।

बालबालिकालाई कसरी खुवाउने ?

बालबालिकाको तीव्र वृद्धि भइरहेको समयमा उनीहरुलाई खानाको आवश्यकता हुन्छ। चाडपर्वमा बालबालिकालाई पाँच खाद्य समूहबाट नै खाना समावेश गरेर खुवाउनु पर्छ। तर उनीहरुलाई प्रोटिन भएका खानेकुरा विशेष जोड दिएर खुवाउनु पर्छ। त्यस्तै भिटामिन र मिनरल्स भएको हरियो साग, तरकारी र फलफूल जस्ता खानेकुरा पनि खुवाउनु पर्छ।

20221003 142630

नेपालीको भान्सामा दाल, भात र तरकारी प्रायः सधैँ पाक्छ। तर मासु भनेको चाडपर्व वा बिदाको दिन खाने भन्ने हुन्छ। तर आफ्नो परिवारको आर्थिक स्थिति कस्तो छ र बच्चाले कति रुचाउँछ, त्यो अनुसार बच्चालाई दैनिक रुपमा मासु खुवाउन पनि सकिन्छ। बच्चालाई दैनिक ३० ग्राम मासु दिन सकिन्छ। बच्चाले भुटेको, तारेको खानेकुरा मन पराउँछन्। तर पनि थोरै चिल्लो प्रयोग गरेर मासु खुवाउनु पर्छ।

चाडपर्वमा दैनिक रुपमा भन्दा बढी मात्रामा सफ्ट ड्रिंक्सहरू खाने चलन छ। त्यस्ता कार्बोनेट ड्रिंक्सहरूबाट हामीले क्यालोरी मात्रै पाउँछौं। त्यसैले यस्ता चिजहरु लिमिटमा खानु पर्छ। कसै–कसैले मासु पच्छ भन्दै ड्रिंक्स आफू पनि खाने र बालबालिकालाई पनि खुवाउने गरेको पाइन्छ। तर त्यसमा मासु पचाउन सहयोग गर्ने कुनै न्युट्रेन्स हुँदैन। त्ययसैले सफ्ट ड्रिंक्सहरुलाई प्राथमिकता दिनेभन्दा त्यही मौसममा पाइने फलफूल र फलफूलको जुसलाई प्राथमिकता दिनु पर्छ।

जस्तो, दसैं–तिहारमा सुन्तला, मौसम र कागतीको जुस आफू पनि खान सकिन्छ र बच्चालाई दिन सकिन्छ। यस्ता जुसबाट क्यालोरीसँगसँगै भिटामिन पनि प्राप्त हुन्छ। त्यसकारण चाडपर्वमा पाहुनाको स्वागत गर्दा या घरमै पनि बजारमा पाइने सफ्ट ड्रिंक्स खाँदा पोषणको हिसाबले स्वास्थ्यमा फाइदा गर्छ कि गर्दैन ध्यान दिनु पर्छ।

bhajni gapa 1

वयस्कको आहार

एक स्वस्थ वयस्क व्यक्तिले दिनमा ९० ग्राम मासु खान सक्छ। एक पटकमा ३० ग्रामको हिसाबले दिनभरिको खानामा मिलाएर दैनिक ९० ग्राम खान सकिन्छ। तर पकाउँदा भने ध्यान दिनुपर्छ। जस्तै– तारेको, भुटेको खाँदा चिल्लो पदार्थ थपिन जान्छ। तीस ग्राम बोसो र छाला नभएको मासु खाँदा अन्दाजी ५५ क्यालोरी प्राप्त गर्न सकिन्छ। तर तारेर, भुटेर खाँदा त्यसको डबल ११० क्योलोरी प्राप्त हुन्छ। त्यसकारण मासुको छनोट गर्दा मात्रै होइन, पकाउने तरिकामा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ।

चाडपर्वमा मासु या माछा मात्रै खानेभन्दा पनि सन्तुलित भोजनलाई विशेष ध्यान दिनुपर्छ। पाँच खाद्य समूह मिलाएर भोजनमा समावेश गर्नु पर्छ। कुनै जाति या धर्ममा लामो पूजा गर्ने, भोको बस्ने चलन हुन्छ। आफ्नो परम्परालाई जगेर्ना गर्नु पर्छ। तर त्यस्तो समयमा सुगर, प्रेसर लगायतका बिरामीलाई गाह्रो हुन सक्छ। त्यसैले आफ्नो घरमा कस्ता किसिमका स्वास्थ्य अवस्था भएका व्यक्तिहरू छन्, त्यसलाई ध्यान दिनुपर्छ र समयमै पूजा सकेर खाने व्यवस्था गर्नुपर्छ।

वृद्धवृद्धालाई कस्तो खाना दिने

वृद्ध अवस्थामा मेटाबोलिजम घट्दै जाने हुनाले वयस्कमा भन्दा क्यालोरीको आवश्यकता कम हुँदै जान्छ। तर मेटाबोलिजम कम हुन्छ भन्दैमा अन्य पौष्टिक तत्व पनि कम हुन्छ भन्ने छैन। अन्य तत्वहरू प्रोटिन, भिटामिन, मिनरल्स भने वयस्कहरुमा आवश्यक हुने जत्तिकै आवश्यक हुन्छ।

यदि वृद्धवृद्धा शारीरिक क्रियाकलापमा सक्रिय छन् भने वयस्कलाई जति नै क्यालोरी दिन सकिन्छ। जति उमेर बढ्दै जान्छ, त्यति नै पाचन शक्ति घट्दै जान्छ र निष्क्रिय हुँदै जान्छ। वृद्ध अवस्थाका व्यक्तिहरुले मासु राम्रोसँग चपाउन पनि सक्दैनन्। पच्न पनि समय लाग्छ। त्यसैले यो अवस्थाका व्यक्तिहरुलाई थोरै मात्रामा माछा–मासु खुवाउनु पर्छ।

वृद्धवृद्धालाई अवस्था हेरेर प्रतिदिन ६० ग्रामसम्म मासु दिन सकिन्छ। यसमा पनि पकाउने प्रक्रियामा भने ध्यान दिनु पर्छ। सकेसम्म सबै उमेर समूहका व्यक्तिहरुले खाने मासु कम चिल्लो, कम पिरो र ठिक्क मात्रामा मसलाको प्रयोग गरेको हुनुपर्छ।

टिप्पणीहरू
Loading...