चर्रामा विपन्न जेष्ठ नागरिकहरुलाई न्यानो कपडा सहित सम्मान
जय कठरिया, २४ पौष ।। कैलालीको भजनी नगरपालिका वडा नं. ७ चर्रामा विपन्न जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । भजनी नगरपालिका वडा नं. ७ को आर्थिक सहयोगमा विपन्न नागरिकहरुलाई न्यानो कपडा सहित सम्मान गरिएको हो ।
सो वडाका वडाध्यक्ष अमर बहादुर कठरियाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी भल्मन्सा अनिकुमार कठरिया र विशिष्ट अतिथी जेष्ठ नागरिक गेदुवा डंगौरा थारु रहेका थिए । वडा सदस्य टिकाराम चौधरीको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा भल्मन्सा भोज बहादुर चौधरी, वडा सदस्य सुन्दरी देवि चौधरी, गुरुदास चौधरी, मायादेवि चौधरी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै वडाध्यक्ष कठरियाले जाडोयामको समयमा उमेर ढल्केका जेष्ठ नागरिकहरुलाई थप स्याहार सुसारको आवश्यकता भएको बताए । उनले भने ‘हामीले थोरै भएपनि अभिभावकत्व निर्बाह गर्ने प्रयास गरेका छौं ।’
उक्त कार्यक्रममा वडामा रहेका १ सय भन्दा बढि जेष्ठ नागरिकहरुलाई ब्ल्यांकेट, टर्चलाईट, फलफुल र दोसल्ला सहित सम्मान गरिएको छ । सम्मान कार्यक्रमको संचालन वडा सचिव पूर्णा राणाले गरेकी थिईन् ।

