चर्रामा दिपावली मिलन कार्यक्रम सम्पन्न
जय कठरिया, १४ कार्तिक ।। कैलाली जिल्लाको भजनी नगरपालिका वडा नं. ७ को आयोजनामा दशैं तथा दिपावली मिलन कार्यक्रम आज चर्रामा सम्पन्न भएको छ । सो वडाका वडाध्यक्ष अमर बहादुर कठरियाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी भजनी नगरपालिकाका उपप्रमुख छाया देवकोटा, विशिष्ट अतिथी निमित्त प्रशासकिय अधिकृत झनक ओझा लगायत अतिथीहरु रहेका थिए ।
वडा सदस्य सुन्दरी डंगौराको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा ने.क.पा. माओवादी केन्द्रका फुलुराम कठरिया, एमालेका जंग बहादुर कठरिया, जसपाका जाहुर अलि, प्रतिक्षा सामुदायिक बनकी अध्यक्ष मनसरी चौधरी, वडा सदस्यहरु गुरुदास चौधरी, टिकाराम चौधरी लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
थारु समुदायको सांस्कृतिक झाँकीहरु समेत प्रस्तुत गरिएको भजनी नगरपालिका वडा नं. ७ स्तरीय शुभकामना आदान प्रदान कार्यक्रमको संचालन छत्र बुढाले गरेका थिए । उक्त कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवि बड्घर, भल्मन्सा लगायत वडाबासीहरुको सहभागिता रहेको थियो ।