Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

घोरीघोरा लवाङ्गी पूजा तथा सांस्कृतिक महोत्सव सम्पन्न

0 117

पहलमानपुर, १२ मंसिर ।। कैलाली जिल्लाको प्रशिद्ध धार्मिक स्थल घोडाघोडी मन्दिर परिसरमा आयोजित घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । घोडाघोडी तथा संस्कृति संरक्षण समाजको आयोजना तथा घोडाघोडी नगरस्तरिय भल्मन्सा कार्यसमितीको सहकार्यमा मंसिर १० गतेबाट सुरु भएको महोत्सव सोमवार सम्पन्न भएको हो ।

‘थारु भाषा, कला, धर्म, संस्कृतिके करी सम्मान, घोरीघोरा धार्मिक पर्यटकिय क्षेत्र हे चिन्हैना हमार अभियान’ भन्ने मूल नाराका साथ हरेक बर्ष झै यस बर्ष पनि महोत्सव थारु समुदायको परम्परा अनुसार पशुबलि दिंदै सम्पन्न भएको छ । घोडाघोडी मन्दिरमा विषेश बिधि अनुसार सामुहिक रुपमा सुंगुर बंगुर कुखुरा, बोका लगायतको बली चढाईएको घोडाघोडी तथा संस्कृति संरक्षण समाजका अध्यक्ष चन्द्रु चौधरीले बताए । सयौंको संख्यामा पशुबलि थारु तथा गैरथारु समुदायले दिएको उनले बताए ।

यसका साथै महोत्सव अवधिभर स्थानिय तथा राष्ट्रिय थारु कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो भने थारु मौलिक झाँकी र उद्घाटन कार्यक्रममा थारु खानाका परिकारहरु समेत प्रर्दशन गरिएको थियो । घोडाघोडीमा लामो समय देखि थारु समुदायको परम्परा अनुसार लवाङ्गी पूजा हुँदै आएको छ ।

School
टिप्पणीहरू
Loading...